आज पनि घट्यो नेप्से, ४ अर्ब ५६ करोडको सेयर कारोबार
७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार सेयर बजार १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति : 15:35









