२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

जिपको ठक्करबाट युवतीको मृत्यु

७ चैत, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा जिपको ठक्करबाट आज एक १६ वर्षीया युवतीको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुरकी सोनिया नेपालीलाई ठक्कर दिएको हो ।

घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : March 21, 2018 at 4:36 pm