२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

छुट्ला है ! एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ चैत, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ७ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षका लागि प्रस्ताव गरेको  लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ८ गते बुक क्लोज गर्दैछ ।
यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले चैत २१ गते काठकाडौंको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : 09:21