निरन्तर ओरालो लाग्दै सेयर बजार, ५ अर्ब बढीको कारोबार
६ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा बन्द भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : March 19, 2025 at 3:17 pm









