१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

६ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्य नयाँ उचाईमा पुगेकाे हाे ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १०:४८