छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
६ चैत, काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक बर्षका लागि प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन र सभामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको गत फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १५.७९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।
कम्पनीले सोही लाभांश सेयरधनीकहरूका लागि वितरण गर्न लागेको हो । लाभांश पारित गर्न कम्पनीले चैत १९ गते काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा ७६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि सुरू हुने छ ।
प्रकाशित मिति : 09:15









