८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

प्रभु महालक्ष्मी लाइफको २ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा

५ चैत, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी सो सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १०:२२