सर्वसाधारणका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
५ चैत, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि सर्वसाधारण, जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ कायम रहेको छ । सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १२ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार ०९:४६