६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025

मेडिकेयर हस्पिटलले आईपीओ निष्कासन गर्ने

४ चैत, काठमाडौं। मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले चैत २३ गते काठमाडौंको धुम्बाराहीमा रहेको रामदा होटलमासाधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सो सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १०:४३