नेप्सेमा २ करोड ३४ लाख कित्ता सेयर सूचीकृत
३ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रद आज नेप्सेमा सूचीकृत भएको हाे । उक्त सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।
प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १७:१६