२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

छुट्ला है ! ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ चैत, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 09:53