३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त

१ चैत, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयले  बिमा प्राधिकरणमा रिक्त सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो । चार वर्षका लागि पोखरेल चैत १ गते नियुक्त हुनुभएको हो । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि हुनुहुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १९:२४