२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

त्रिशूली जलविद्युत आयोजनामा फेरि आगलागी, कर्मचारीको नियतमा शंका

१९ पुस, काठमाडाैँ । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । बुधबार साँझ आयोजनामा रहेको ६।६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराइले जानकारी दिए ।

फाइल फोटो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी अाउन बाँकी रहेको । आगलागीबाट नुवाकोटमा विद्युत आपूर्ति बन्द भएको छ ।

प्रकाशित मिति : 10:10