७ असार २०८३, आइतबार | Mon Jun 22 2026

पूर्वराजाको उक्साहट र निर्देशनमा भएका गतिविधि नियन्त्रण गर्नुपर्छः महेश बर्तौला

२७ फागुन, काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे  छ ।

प्रतिनिधिसभाकाे मंगलबारको बैठकमा सांसद बर्तौलाले संविधानको धारा १ मा संविधानको प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिए पनि पूर्व राजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्नुभएकाे हाे ।

बर्ताैलाले भन्नुभयाेः ‘पछिल्लो केहीदिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नाम र उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरू भइरहेका छन्’ संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयाे, ‘पञ्चायतकालीन गान गाउने, मुलुकको अहिलेको राष्ट्रिय गानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् ।’

उहाँले राजावादीहरूको र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन भइरहेको भन्दै संविधानविपरीतका कामबारे सरकारले नोटिसमा राख्नुपर्ने बताउनुभयाे । ‘लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशतन्त्र हुन सक्दैन । सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी दिन्छु’, बर्तौलाको भनाइ छ ।

प्रकाशित मिति : March 11, 2025 at 3:25 pm