५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

२३ फागुन, काठमाडाैँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाद्धारा आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियाे ।

यसमध्ये १८ लाख ६ हजार ७६२ कित्ता सदर भएको र १० हजार ३८६ आवेदन बदर भएको क्यापिटलले जनाएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड २२ लाख ७४ हजार ३९० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १६ लाख २२ हजार २६२ सदर आवेदकको हात भने खाली भएको छ ।

यसरी हेर्नुहाेस् नतिजाः

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओको अन्तिम नतिजा सीडीएससीको मेरो सेयर, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल र धितोपत्र निष्कासनकर्ता नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइटमा गएर हेर्न सकिन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार १०:०७