दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्धय दिगम्बर झा र पुरूषोत्तम खनाल भ्रष्टाचारी ठहर
२२ फागुन, काठमाडौँ । विशेष अदालतले दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्धय दिगम्बर झा र पुरूषोत्तम खनाललाई भ्रष्टाचारी ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलाशसले झा र खनाललाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैदको फैसला गरेको छ ।
अख्तियार दुरूपोग अनुसन्धान आयोगले २०८० साल चैत्र १५ गते विशेष अदातमा मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको ठहरसहित मुद्दा दर्ता गरेको थियो । अख्तियारको दाबी अुनसार नै विशेष अदालते झा र खनाललाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले झा र खनालले दूरसञ्चार प्राधिकरणको अध्यक्ष हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को खण्ड क, घ र ञ बमोजिम कसुर गरेको ठहर गरेको छ । भ्रष्टाचारी ठहर झा र खनालका लागि अदालतले जनही ५ करोड ८० लाख १४ हजार ८ सय २८ रूपैयाँ ७४ पैसा जरिवाना र ११ महिना कैदको फैसला गरेको छ ।
आयोगले तत्कालीन अध्यक्ष झा र खनाल सहित वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल, नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरेको थियो । अदातलले गरेको फैसला अनुसार कार्यकारी अध्यक्षबाहेकका कर्मचारीहरूले सफाइ पाएका छन ।
अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको अदालतको ठहर छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार २२:५२