२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सामान्य अंकले घट्यो सेयर बजार, १० अर्ब १० करोडको कारोबार

२२ फागुन, काठमाडौँ । आज सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक २ दशलमव ७० अंकले घटेर २८१८ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

गार्डियन माइक्रो लाइफको सेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : 15:36