२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मेसो नमिलेर हो, नत्र तपाईँहामी सबै खुट्टा उचालेर बसेका छौँः शान्ता चौधरी

२२ फागुन, काठमाडौँ । अमेरिकाले लखेटेको गैरकानुनी अप्रवासीका पक्षमा एमाले नेतृ शान्ता चौधरी भावुक हुनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आफ्नो भावुकता सार्वजनिक गर्नुभएको हो । अमेरिकाले फर्काए पनि नेपालीहरूलाई अपमानित नगरौँ भन्दै उहाँले साहानुभुति प्रकट गर्नुभएको छ ।

चाैधरीले उल्लेख गर्नुभएको छ, ‘करोडौँ खर्च गरेर गैरकानुनी रूपमा अमेरिका पुग्नुमा पनि आफ्नै दुःख होलान् । उता कागज मिलाउन नसकेर फर्किइए, त्यसको पनि छुट्टै पीडा होला । कति बाध्यता दुख पिडा होला कसले बुझेको छ र। त्यहाँबाट फर्काइएकालाई अपराधीले झैँ व्यवहार कसैले पनि नगरौँ । मेसो नमिलेर हो, नत्र तपाईँहामी सबै खुट्टा उचालेर बसेका छौँ, मिलो भने हिडी हाल्ने तरखर मै छौं कि क्या हो जस्तो भान हुन्छ कहिले कहिँ त ! पत्रकारहरुले पनि उहाहरुको पछाडि क्यामरा देखाउंदै खेदेको देख्दा अच्म्मै लाग्यो। अपमानित गरेर के पाउनु हुन्छ तपाइँ हरु ले ?’

प्रकाशित मिति : 09:49