फागुन २७ गतेदेखि आईपीओ जारी गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स
२० फागुन, काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि, ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।
कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो च्रणअन्तर्गत गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । जुन आईपीओ फागुन ११ गते निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँड भएको थियो ।
प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार १०:१४