२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रधानन्यायाधीश चोलेन्द्र शमसेरद्वारा पदभार ग्रहण

१८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् । बुधबार बिहान शितल निवासमा सपथ ग्रहण गरेलगत्तै सर्वोच्च आएर जबराले कार्यभार सम्हालेका हुन् ।

उनी सेतो फूलको माला लगाएर हँसिलो मुद्रामा सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरु लामबद्ध भएर जबरालाई स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : 13:33