१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट, कसले मार्ला बाजी ?

५ फागुन, काठमाडाैँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ। बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिएकामध्येबाट ५ जनालाई संक्षिप्त सूचीमा समावेश भएका हुन्।

नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार सञ्चालक समितिको बैठकले अध्यक्ष नियुक्तिका लागि आज पाँचजनाको सूची प्रकाशित गरेको हो। सर्टलिस्टमा । पर्नेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहनुभएकाे छ ।

उहाँहरूलाई यही फागुन १० गते दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको सूचनामा उल्लेख छ। सर्टलिस्टमा पर्नुभएका रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष हुनुहुन्छ। यस्तै सरद ओझा पत्रकार हुनुहुन्छ भने दामोदर बसौला स्वास्थ्य विमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसैगरी, चिरन्जिवी चापागाँई बिमा प्राधिकरणका पूर्व अध्यक्ष हुनुहुन्छ भने कमल प्रसाद रेग्मी बिमा प्राधिकरणका कार्यकारी निर्देशक हुनुहुन्छ। यी पाँच जनाबाट अध्यक्षमा एकजनाले बाजी मार्नेछन् ।

प्रकाशित मिति : February 17, 2025 at 12:00 pm