उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइसियुमा, उच्च निगरानीमा उपचार हुँदै
३ फागुन, काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको शरिरको करिब ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । अस्पताकाल कार्यकारी निर्देशक डा किरण किशोर नकर्मीले प्रेस विज्ञप्ति मार्फत शरिरको करिब ६ प्रतिशत भाग जलेको जानकारी दिनुभएको छ ।
उहाँहरू दुबै जनाको अस्पतालको सघन कक्ष (आइसियु)मा राखेर उपचार भैरहेको छ । अनुहारको भागमा असर गरेका छन । स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार शनिबार दिउँसो ३ः३० बजे भर्ना गरिएको छ । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । महानगर प्रमुख आचार्यको पनि अनुहार जलेको छ । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरुको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार १८:०३






