१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो

३ फागुन, पोखरा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते हुनुभएका अर्थमन्त्री पौडेलकाे गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हाे।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुनमा आगो लागेर पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : February 15, 2025 at 2:46 pm