४ अर्ब ३५ करोड भ्रष्टाचारको आरोपछि कंशाकार भन्छन ‘कामप्रति जोश र जाँगर हुनु जरुरी छ’
१८ पुस, काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचारको आरोपछि आदर्शका कुरा गर्न सुरू गरेका छन ।
मंगलबार अबेर संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसाकारसहितलाइ वाडबडी भ्रष्टाचारमा दोषी ठहर गरी कारबाहीको सिफारिस गरेपछि बुधबार बिहानै उनले आफ्नो वयान आफैँ गर्ने हिसाबमा सामाजिकसञ्जाल फेसबकुमा स्टाटस पोस्ट गरेका छन ।

उनले लेखेका छन, ‘हरेक सरकारी निकाय, संस्था लगायत निजी कंपनीहरुको सम्पूर्ण कर्मचारीमा उल्लास र कामप्रति जोश, जाँगर र उत्साह हुनु जरुरी छ। विरक्त, निराश, शिथिल र अशान्त मन भएका कर्मचारीबाट उत्कृष्ट प्रभावकारिता र उत्पादकत्व अपेक्षा गर्नु व्यवस्थापन शास्त्र अनुसार मूर्खता हुन्छ।’
कंशाकारको स्टाटसको तल कमेन्टगर्नेहरू धेरैले उनलाइ गाली गरिरहेका छन । भ्रष्टाचार गर्नेबेलामा आँखा नदेख्ने अहिले आएर आदर्शको कुरा भन्दै आलोचना गरिरहेका छन । अख्तियार दुरूपयो अनुसन्धान अायोगले अनुसन्धानमा इमान्दारिता देखाए कंसाकार लगायतकाहरूले गरेको भ्रष्टाचार नेपालको इतिहासमा अहिलेसम्म भएका मध्येको सबैभन्दा ठूलो हुने लेखा समितिका एक सांसदले बताए ।
यो पनि पढ्नुहोस्
–वाइडबडी भ्रष्टाचारः पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री जेल जाने संकेत
प्रकाशित मिति : 08:02









