सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा
२२ माघ, काठमाडाैँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश ( कर समेत)प्रदान गर्ने निर्णय गरेको हाे । यस्तै कम्पनीले लाभांशको प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार १४:१९