अवैध गर्भबाट जन्मिएकाे नवजात शिशुकाे हत्या, शव सुपारीबारीमा गाडिएको अवस्थामा भेटियो
१७ पुस, झापा । अवैध गर्भबाट जन्मिएकाे नवजात शिशुकाे हत्या गरी शिशुकाे शव सुपारीबारीमा गाडिएको अवस्थामा भेटिएकाे छ । मंगलबार झापाको बुद्धशान्ती–४ अमर बस्तीमा स्थानिय शंकर रेग्मीको सुपारीबारीमा नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गाडेको नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव आफन्तको पहिचान नभएकाले खोजी कार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चाल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 22:23









