२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटको सुख्खा पहिराे अपडेटः ७३ बर्षीय प्रेमकुमारी तामाङकाे मृत्यु, एक जना गम्भीर घाइते

१७ पुस, नुवाकोट । नुवाकोट जिल्लामा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मंगलबार सडकमा हिड्नेक्रममा पुरिएकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा पुरिएकी एक महिला गम्भीर घाइते अवस्थामा रहेकी छिन ।

जिल्ला प्रहरी कार्याल नुवाकोटका प्रहरी नायव उपरिक्षक (डिएसपी) भीमलाल भट्टरार्इका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा गेर्खुटारका ७३ बर्षिय प्रेमकुमारि तामाङ रहेकी छिन । भट्टराइको अनुसार सोही गाउँकी रामकुमारी तामाङ गम्भिर घाइते छिन । उनको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । यसअघि पहिरोमा तीन जना परेको भनिए पनि उद्धारका कर्ममा दुर्इ जना मात्र भेटिएको प्रहरीले जनाएको छ ।

जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुमा ढाडखोलामा निर्माणकार्य भइरहेकाे सडकमा साँझ अाएकाे पहिराेमा बाटाे हिड्ने दुई जना महिला पुरिएका थिए ।

यो पनि पढ्नुहोस् 

–नुवाकोटको गेर्खु ढाडखाेलामा सुख्खा पहिराे, तीन जना पुरिए, उद्धार कार्य जारी

प्रकाशित मिति : 21:01