प्रधानन्यायाधीशमा चोलेन्द्रकाे नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन
१७ पुस, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । यससँगै राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ ।

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा सिफारिस राणामाथि परेका उजुरीउपर छलफलपछि समितिले उनको नाम अनुमोदन गरेको हो । राणासँग सांसदहरूले उनले विगतमा गरेका फैसला, उनको न्याय सेवामा प्रवेश लगायतका विषयमा विभिन्न प्रश्न गरेका थिए ।
राणाले सांसदहरूले गरेका प्रश्न र आफूमाथि परेका उजुरी सम्बन्धमा जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो ।
प्रकाशित मिति : 14:09







