नेप्सेमा २४ लाख कित्ता बोनस सेयर सूचीकृत
१३ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको २४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रकाशित मिति : 16:30









