७ असार २०८३, आइतबार | Sun Jun 21 2026

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त

१२ माघ, काठमाडाैँ । यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोडभन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्युजिल्यान्डलगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

कम्पनीले शुक्रबार काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरेको समारोहमा नयाँ नेतृत्वसँग उत्कृष्टताको नयाँ यात्रा प्रारम्भ भएको घोषणा गरेको छ।

समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको उपस्थिति थियो।कार्यक्रममा कम्पनीका अध्यक्ष चुन्नुप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरिएको घोषणा गर्दै कम्पनीमा स्वागत गरे ।

शाहको नियुक्तिसँगै यशोदा फूड्सको उत्साहजनक अध्यायको शुरूआत भएको उनले जानकारी दिए।

प्रकाशित मिति : January 25, 2025 at 4:30 pm