१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बिमा प्राधिकरण अध्यक्षका लागि १२ जनाको आवेदन (सूचीसहित)

११ माघ, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयका अनुसार आवेदन दिनेमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहनुभएको छ ।

यसअघि मन्त्रालयले गत पुस २६ मा नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि सार्वजनिक आह्वान गरेको थियो। पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको थियो।

गत मंसिर २४ गते अख्तियारले किर्ते र भ्रष्टाचारको आरोपमा तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। प्राधिकरण अध्यक्ष विहीन भए सँगै अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएकाे  छ ।

प्रकाशित मिति : January 24, 2025 at 8:24 pm