२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

चोलेन्द्रलाई न्यायाधीशमा अस्वीकार गरेको नेकपाले आज प्रधानन्यायाधीशमा भने स्वीकार गर्दै

१७ पुस, काठमाडाैँ । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ पछिको अनुमोदन  आज हुँदैछ । बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सुनुवाइका लागि जबरालाई बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । आइतबार सुरु भएको सुनुवाइ कर्मचारीको आन्दोलनका कारण स्थगति भएको थियो । आइतबारको बैठकमा चोलेन्द्रले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दावी गर्दैै समितिमा नौवटा उजुरी परेका छन् । सर्वोच्चसहित विभिन्न अदालतमा न्यायाधीश हुँदा राणाले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजोलगायत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने फैसला गरेको, सर्वोच्चले पुनरावलोकन गरिसकेको मुद्दामा संवैधानिक इजलासमार्फत सुनुवाइको प्रपञ्च गरेको, बेञ्च अवरुद्ध पारेको, म्यारिजलाई जुवा नभनी बौद्धिक खेल भनेको लगायत आरोप छ ।

यसअघि चोलेन्द्रलाई सर्वोच्च न्यायाधीश बन्न दिन नहुने भन्दै नेकपाका सांसदहरूले विपक्षमा मत दिएका थिए । तर अाज त्यही नेकपाका नेताहरूले अग्रगामी बनेर चोलेन्द्रलाई प्रधानन्यायाधीशमा स्वीकार गर्दैछन । चोलेन्द्रविरूद्ध परेका उजुरीको छानविन समितिनै बनाएर अनुसन्धान गर्नुपर्ने अावज उठेकोमा नेकपाका केही सांसदले समिति बनाउन अस्वीकार गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश नहुँदै सर्वोच्चका न्यायाधीश चोलेन्द्रविरूद्ध महाअभियोग माग (भिडियाेसहित)

–‘आफूलाई संविधानभन्दा माथि ठान्ने चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुँदा लोकतन्त्र समाप्त हुन्छ’

–उजुरीकर्ता भन्छनः चोलेन्द्र शम्शेर राणा ‘भ्रष्टाचारमा गोल्डेन अवार्ड पाउन योग्य हुन’ (भिडियोसहित)

–भ्रष्टहरूलाई चोख्याउन भूमिका खेल्ने चोलेन्द्रविरूद्धको नाै उजुरीमा भोलि छलफल हुने

प्रकाशित मिति : 09:52