२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मेलम्ची एमालेमा उपेन्द्र तामाङ

५ माघ, सिन्धुपाल्चोक । नेकपा एमाले मेलम्ची नगरपालिकाको दोश्रो अधिवेशनबाट उपेन्द्र तामाङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले उपाध्यक्षमा पासाङ तामाङ, सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुलाल र प्रतिमा धिताल चयन हुनुभएको छ ।

सचिव शालिकराम अधिकारीका अनुसार पदाधिकारी ५ र ४८ सदस्य गरेर कूल ५३ सदस्यीय कमिटी चयन गरेको हो । सो अधिवेशनको उदघाटन एमाले केन्द्रिय सचिव पद्मा अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : 09:47