काठमाडौँकाे बिजेश्वरीबाट ८ जुवाडे ३६ हजार नगदसहित पक्राउ
काठमाडौँ । प्रहरीले नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले बिजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विजेश्वरीस्थित ‘द ग्रिल रेष्टुरेन्ट’बाट तास खेलिरहेको अवस्थामा चार लाख ३६ हजार रुपैयाँसहित पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने एसएसपी सिंहले बताए ।
प्रकाशित मिति : 20:04







