केपी ओलीको सेल्फीमा ऐन महर, ढोका खुलेकै हो ?
२६ पुस, काठमाडौँ । नेकपा (एमाले)ले पार्टी केन्द्रीय सदस्य ऐन महर प्रधानमन्त्री समेत रहनुभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको सेल्फीमा अटाउनुभएको छ । बिहीबार भएको अनेरास्ववियुको एक कार्यक्रममा प्रधानमन्त्रीले केन्द्रीय सदस्य महरसँग पनि सेल्फी कैद गर्नुभएको हो ।
महरले राजिनामा नै नदिइ सचिवालय बैठकबाट राजिनामा स्वीकृत गराउने ओलीले त्यसको एक महिनामा पुनः केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो । महरमाथि रश्मिला धामी नामको एक विद्यार्थी नेतृले गम्भीर प्रकृतिको आरोप लगाएर उहाँविरूद्ध आन्दोलन नै गरिरहनुभएको छ ।
एमालेले नेताहरूको जिम्मेवारी तोक्ने बेलामा नाम नै गायब पारिएको थियो । करिब एक वर्षदेखि अध्यक्ष ओलीसँग दूरीमा रहनुभएका महरसँग सेल्फी नै कैद भएपछि यो विषयमा यहाँ प्रस्तुत गरिएको हो ।
सेल्फीमा अट्नु केही साताअघि देखि ओलीसँग महरका तस्बिरहरू पनि सार्वजनिक भैरहेको छ । यसँगै ओलीको ढोकामा महरका लागि लागेको ताला खुलेकै हो त भन्ने प्रश्नले चर्चा पाएको छ ।
प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १०:३६