५ वर्षीया बालिकालार्इ फकाएर २० वर्षीय युवकले बलात्कार गरे
१६ पुस, वीरगञ्ज । ५ वर्षीया बालिकालार्इ फकाएर २० वर्षीय युवकले बलात्कार गरेर फरार भएका छन् । पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा बालिकामाथि बलात्कार भएको हाे । छिमेकी देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ ।
आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएकाे पर्साका प्रहरी प्रमुख रेवती ढकालले र उजुरी परेको अाभारमा उनको खोजी भइरहेको बताए । ‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ ।
प्रकाशित मिति : 16:23









