२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

बरू ओली अलि बढी खुला र प्रष्ट, प्रचण्ड सदाझैँ कुटील र छद्मः बाबुराम भट्टराई

२५ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तुलना गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत पूर्व प्रधानमन्त्री भट्टराईले बिहीबार ओली र प्रचण्डको तुलना गर्नुभएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकको सन्दर्भको कुरा गर्दै डा भट्टराईले ओली प्रचण्ड भन्दा अलि बढी खुला र प्रष्ट भएको बताउनुभएको छ भने प्रचण्ड ओली भन्दा सदाझैँ कुटील र छद्म रहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा ओली र प्रचण्ड बाघ भर्सेस ब्वाँसोको रूपमा तुलना गर्दै नेपाल र रूसको नियति फरक भए पनि प्रवृति उस्तै रहेको उल्लेख गर्नुभएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले दुबै दल र नेताको बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’ रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’! बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा! बाघ vs ब्वाँसो ?नेपाल र रूसको नियति फरक होला ?’

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १२:२६