२५ पुष २०८१, बिहीबार | Thu Jan 9 2025

समृद्ध बन्दै एमाले, युवा विद्यार्थी विशेष कमिटी पनि आफ्नै कार्यालयमा

२४ पुस, काठमाडौँ । नेकपा एमालेको गैर भौगोलिक कमिटी युवा विद्यार्थी विशेष जिल्ला कमिटीको कार्यालय शुभारम्भ गरिएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले उद्घाटन गर्नु भएको हो । काठमाण्डौ (१० बुद्धनगर स्थित बागमती करिडोरमा आज सो कार्यलयको उद्घाटन गरिएको हो ।

उद्घाटन पश्चात सम्क्षिप्त मन्तब्य राख्दै शाक्यले ूपार्टी संगठनको काम सरल, सहज र व्यवस्थित गर्नको लागि कार्यालय आवश्यकता पर्छ , यो कमिटीले कार्यालय राखेर पार्टी काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको र संगठनको काम योजनावाद्दा रुपमा गर्नू सुझाव समेत दिनुभयो ।

सो कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली सचिव मिलन धरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । ू२०४८ सालमा देखि यो कमिटी निरन्तर कृयाशिल रहेको र यसको संस्थापक सचिव शंकर पोखरेल हुनुहुन्छू कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटीले बताए ।

स्थापना काल ९२०४८० देखि २०७५ सम्म यो कमिटीको नाम विद्यार्थी विशेष जिल्ला कमिटी थियो । तर २०७५ मा एमाले-माओवादीको एकता पश्चात् युवा समेत थपेर युवा विद्यार्थी विशेष नामाकरण गरिएको र पार्टी फूट पश्चात् पनि यहि नामबाट नै कमिटीले आफ्नो गतिविधि गरिरहेको सो कमिटीका प्रचार विभाग प्रमुख किरण देउजाले जानकारी दिनुभयो । यस अघि उपत्यका प्रदेशको कार्यालयबाटै नै युवा विद्यार्थी विशेषले आफ्ना राजनीति तथा सांगठनिक गतिविधिहरु गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : २४ पुष २०८१, बुधबार १७:३४