८ असार २०८३, सोमबार | Mon Jun 22 2026

केन्द्रीय कमिटीको खाजा ब्रेक अघि नै गोविन्दराम चेपाङ एमाले प्रवेश

२२ पुस, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले) मा फर्कनुुभएको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराउनुुभएको हो ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुहुन्छ । उहाँले पार्टी प्रवेससँगै पार्टी अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेलका लागि चेपाङ समुदायले प्रयोग गर्ने जाबी (वनस्पतिबाट निर्मित एकप्रकारको झोला) उपमहार समेत दिनुभएको छ ।

बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोल्नुभएको छ भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाकी रहेको छ ।

प्रकाशित मिति : January 6, 2025 at 3:45 pm