२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि निष्कासन, कति दिने आवेदन ?

२१ पुस, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

इन्स्योरेन्सले निष्कासनका लागि अनुमति पाएको २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो ।

यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

प्रतिकित्ता रु।१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ६ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम जोखिमलाई जनाउँछ ।

कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ पुस ८ गते बाँडफाँड भएको थियो ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार ०८:५७