रसुवाकी एक बालिकालाई गाडीमा राखेर बलात्कार गर्ने नुवाकोटका तीन युवामाथि थप अनुसन्धान हुँदै
१६ पुस, रसुवा । रसुवामा एक बालिकालाई सामूहिक रूपमा बलात्कार गर्ने नुवाकोटका तीन युवालाई थप एक साता थुनामै राखेर अनुसन्धान हुने भएको छ । पुस ७ गते राति रसुवाको टिमुरेमा बलात्कृत भएकी बालिकाले दिएको उजुरीको अाधारमा ती युवाहरू पक्राउ परेका थिए । बालिकाको स्वास्थ्य जाँच र प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि सामूहिक बलात्कार भएको देखिएको यद्यपी स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले दैनिकीलाई जानकारी दिए ।

प्रहरी निरीक्षक अवाले उनीहरूलाई म्याद थपका लागि अाज पुन अादलतमा पेश गरिने जानकारी दिए । युवाहरूले बलात्कारका निम्ति प्रयोग गरेको बा४ख ४३२ नम्बरको आइचर कम्पनीको मिनीट्रक समेत प्रहरीले नै नियन्त्रणमा राखेको छ।
बलात्कारमा संलग्न नुवाकोटको बेलकाेटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठ पुस ८ गते नै पक्राउ परेका थिए । उनीहरू जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेका छन ।
प्रकाशित मिति : 11:31









