८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपाली कांग्रेसका नेता दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवं स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालतमा अर्यालसहित १२ जनाविरुद्ध सडक निर्माणमा कमिसन खाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितले दुई सडक निर्माण गर्ने क्रममा उनीहरूले ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । आयोगले नेता अर्यालसँगै अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा, सबइन्जिनियर सूर्यप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ ।

dainiki.com

अख्तियारले विज्ञप्तिमा उल्लेख गरे अुनसार सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा अर्जुनचौपारी गाउँपालिका–१ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको ठहर गरेको छ  ।

प्रकाशित मिति : December 31, 2024 at 2:48 pm