२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बलात्कारी खोज्दै कञ्चनपुर पुगेका आइजीपी खनाल भन्छनः शंकास्पद सबै माथि अनुन्धान गर्छु

१५ पुस, कञ्चनपुर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ ।महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताउनुभयो । यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताउनुभयो ।

फाइल फोटो ।

प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उहाँले भन्नुभयो, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।” रासस

प्रकाशित मिति : 21:13