२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

१२ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको सेयरमूल्य समायोजन भएको हो।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेमा सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस र ग्रिंन भेन्चर्सको १० प्रतिशत बोनस समायोजन भएकाे हाे। समायोजनपश्चात सर्वोत्तमको सेयरमूल्य ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने ग्रिन भेन्चर्सको ५१० रुपैयाँ ४५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सर्वोत्तमको सेयर प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसा र ग्रिन भेन्चर्सको प्रतिकित्ता ५६१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : 14:26