६ महिना रचनात्मक र सिर्जनात्मक बनाउँछुः डा विन्दा पाण्डे
१० पुस, काठमाडौँ । नेकपा एमालेले ६ महिनाका लागि जिम्मेवारी खोसेपछि स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले यो समय रचनात्मक र सिर्जनात्मक बनाउने बताउनुभएको छ । पार्टीले आफू माथि कारबाही गरेको समाचारहरू बाहिरिएपछि सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उहाँले ६ महिनाको समय रचात्मक काममा उपयोग गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाहरुको सुझाव पाउ ल !’
प्रकाशित मिति : १० पुष २०८१, बुधबार २०:२९