११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

म समाजवादीमा जाने कुरा सत्य होइनः डा भीमबहादुर रावल

१० पुस, काठमाडौँ । नेकपा एमालेले संगठीत सदस्यता समेत खोसेर राजनीतिक दलको आवद्धताबिहीन बनाएपछि डा भीमबहादुर रावलले साथीभाइसँगको छलफल र शुभेच्छुकको सुझाव अनुसार मात्र थप निर्णय लिने बताउनुभएको छ ।बुधबार एमाले सचिवालय बैठकले संगठीत सदस्यता समेत खोसेर दलबिहीन बनाइदिएपछि रावलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले एमालेको कारबाहीसँगै नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भन्ने कुरा पनि हल्लामात्र भएको बताउनुभएको छ। आफूले अहिलेसम्म कुनै पनि निर्णय नलिएको र समाजवादीमा जाने कुरा सत्य नभएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले वार्ताको नाटक गरेका रहेछन भनेर आफूले बल्ल बुझेको समेत बताउनुभएको छ । उहाँले केपी ओलीले संगठित सदस्यता दिएर एमाले नलगाेकाले देशभक्तिपूर्ण आवाज थप बुलन्द बनाउने अघि बढ्ने बताउनुभयो । डा रावलले एमालेभित्र पनि इमान्दार देश र जनताको पक्षमा लामो समयदेखि लडेर दुःख पाएका हजारौं नेता कार्यकर्ता रहेकाले उनीहरूको साथमा नयाँ कदम चालिने बताउनुभयो ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १९:५७