११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ: उपप्रधानमन्त्री सिंह

१० पुस, बुटवल । उपप्रधानमन्त्री अर्थात् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताएका छन्।

बुधबार रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल बनेको र काम पनि सुरू भइसकेको बताएका हुन्।

उनले भने-‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ ।’

उनले अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको समेत बताए ।

सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा बुधबार सियारी गाउँपालिकामा सहभागी हुन उपप्रधानमन्त्री सिंह रुपन्देही पुगेका हुन् ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १३:००