८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

रास्वपाले बोलायो सचिवालय बैठक

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि सचिवालय बैठक बोलाएको छ। उक्त बैठक सोमबार दिउँसो ४ बजे बस्नेगरी बोलाएको उपसभापति डीपी अर्यालले बताए।

बैठकमा रविविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुनेछ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका लामीछानेसहित ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएसँगै रविको सांसद पद पनि निलम्बनमा पर्ने भएको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १४:३७