चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
५ पुस, काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका दुईवटा र राष्ट्रिय सभाका दुईवटा गरी चार वटा समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ।
बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल र समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल गर्नेछ।
बिहान साढे ११ बजे भने बैराष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ मा विज्ञसँग छलफल गर्नेछ।
त्यस्तै, दिउँसो साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
प्रकाशित मिति : December 20, 2024 at 8:58 am









