२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य छ: सभामुख घिमिरे

४ पुस, काठमाडौँ। सभामुख देवराज घिमिरेले कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबिच समन्वय अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताउनुभयो ।

उहाँले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको समेत बताउनुभयो ।

सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताउनुभयो ।

प्रकाशित मिति : 12:34